Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चार्टर्ड उडान

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • २०:५१:२५ बजे
  • 1.9K
    SHARES
  • विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

    सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र -सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ ।

    images

    सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।



    उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो ।

    कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ ।

    होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीको पत्रमा अनुरोध गरिएको छ । उडान स्थगित भएपछि दूतावासहरुले समेत उडान स्थगन भएको सूचना निकालेका छन् ।

    नेपाल एयरलाइन्सले पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology