Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारले मानवीय र भौतिक विकासको तथ्याङ्क निकाल्न नसक्ने

सरकारले मानवीय र भौतिक विकासको तथ्याङ्क निकाल्न नसक्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • ०८:३६:४३ बजे
  • 850
    SHARES
  • सरकारले  मानवीय र भौतिक विकासको तथ्याङ्क निकाल्न नसक्ने

    स्थानीय तहभित्र भएको उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग आबद्ध गर्ने संयन्त्र अहिलेसम्म निर्माण हुन सकेको छैन ।

    images

    उक्त संयन्त्रको अभावमा स्थानीय तहमा भएका भौतिक र मानवीय विकासको उपलब्धि सङ्घीय सरकारको तथ्याङ्कमा अभिलेखीकरण हुन सकेको छैन ।

    स्थानीय तहमा भएका सडक, खानेपानी, ढल, सामुदायिक भवन, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकास र सोबाट रोजगारीको सिर्जनालगायतका उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध गर्न नसकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले स्थानीय तहमा भएका उपलब्धि राष्ट्रिय प्रणालीमा जोड्ने संयन्त्र कुन निकायले बनाउने भन्ने अन्योल भएको बताउनुभयो ।

    उहाँका अनुसार महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहमा भएको खर्चको विवरण सूत्रको माध्यमबाट आउने व्यवस्था गरेको छ । उक्त खर्चबाट के के उपलब्धि भयो भन्ने सूत्रमा देखिँदैन । राष्ट्रिय योजना आयोगले स्थानीय तहको तथ्याङ्कसहितको विवरण तयार पार्दै छ ।

    सङ्घीय मामिला मन्त्रालय स्थानीय तहको सम्पर्क मन्त्रालय भए पनि अहिलेसम्म संयन्त्र निर्माण गर्न सकेको छैन । स्थानीय तहको उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध गर्न नसक्दा सङ्घीय र प्रदेश सरकारले स्थानीय तहमा पठाएको बजेटको उपलब्धि के के भए भन्ने अभिलेखीकरण हुन सकेको छैन ।

    संयन्त्र अभावमा सरकारले एकमुष्ट रूपमा तीनै तहमा भएका मानवीय र भौतिक विकासको तथ्याङ्क निकाल्न नसक्ने मन्त्रालयले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # मानवीय र भौतिक विकास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology