Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस: लयमा आउन थालेको पर्यटन क्षेत्रमा पुन: धक्का

कोरोना भाइरस: लयमा आउन थालेको पर्यटन क्षेत्रमा पुन: धक्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • ०८:४०:२४ बजे
  • 952
    SHARES
  • कोरोना भाइरस: लयमा आउन थालेको पर्यटन क्षेत्रमा पुन: धक्का

    सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ ।

    images

    नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन चाहने पर्यटकले बुकिङ ‘होल्ड अन’ गर्न आग्रह गर्न थालेको होटेल व्यवसायीहरूले बताएका छन् । सन् २०२१ को नोभेम्बरमा नेपालमा यसअघिका महीनाभन्दा धेरै पर्यटक घुम्न आएका छन् ।

    नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा २६ हजार १३५ पर्यटक नेपालमा आएका छन् भने यसअघिको महीना अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए ।

    पर्यटकको संख्या क्रमशः बढ्दै आएका बेला देखिएको ओमिक्रोनले त्रास सृजना गरेको छ ।

    त्यसैले विभिन्न देशले उडान तथा भ्रमणमा रोक लगाएका छन् भने नेपालले पनि दक्षिण अफ्रिका, हङकङलगायत विभिन्न ९ देश र ती देशलाई ट्रान्जिट बनाएर आउने व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

    आर्थिक अभियान दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology