Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेइजिङ ओलम्पिकः बहिस्कार गर्ने अमेरिकी घोषणा

बेइजिङ ओलम्पिकः बहिस्कार गर्ने अमेरिकी घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • ०८:४४:४९ बजे
  • 883
    SHARES
  • बेइजिङ ओलम्पिकः बहिस्कार गर्ने अमेरिकी घोषणा

    एजेन्सी । अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ ।

    images

    चीनमा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको अ‌ारोप लगाउँदै चीनले आयोजना गर्न लागेको हिउँदे ओलम्पिकलाई बहिस्कारको घोषणा गरेको हो । तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने सरकारले जनाएको छ ।

    चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानहरुको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ ।

    एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

    चीनमा भइरहेका मानव अधिकार हनन र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए ।

    बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुन लागेको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बेइजिङ ओलम्पिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology