Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्वदेश फर्कियो एसियाली युथ पारा टोली

स्वदेश फर्कियो एसियाली युथ पारा टोली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • ०८:३५:५७ बजे
  • 913
    SHARES
  • स्वदेश फर्कियो एसियाली युथ पारा टोली

    बहराइनको मानामामा सम्पन्न एसियाली युथ पारा गेम्समा पदक जित्न सफल तेक्वान्दो खेलाडी नेपाल फर्किएका छन् । नेपालबाट दुई खेलका चार खेलाडीले गेम्समा प्रतिस्पर्धा गरेका थिए ।

    images

    तेक्वान्दोका तीन र ब्याडमिन्टनका एक गरी चार खेलाडीले सहभागिता जनाएका थिए । त्यसमा तेक्वान्दोले समान १–१ स्वर्ण, रजत र कांस्य जित्न सफल भएको थियो ।

    टोकियो पारा ओलम्पियन पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य जितेका थिए । ब्याडमिन्टनका एक्लो सहभागी प्रकाश अधिकारी पनि पदकनजिक पुगेका थिए ।

    उनले क्वाटरफाइनल यात्रा तय गरेका थिए । क्वाटरफाइनलमा प्रकाश दक्षिण कोरियाका खेलाडीसँग पराजित भएपछि पदकबाट चुके । पारा तेक्वान्दो प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल( २ प्रशिक्षक कविराज नेगी लामा र टोली नेतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य नन्दा बस्याल गेम्समा सहभागी थिए ।

    स्वागत कार्यक्रममा पलेशाले टोकियो पारा ओलम्पिकको सहभागिता र तयारीको अनुभवले युथ पारा गेम्समा पदक जित्न ठूलो सहयोग गरेको बताउदै सहयोगी सबैप्रति अभार प्रकट गर्दै धन्यवाद दिइन् ।

    टोलीलाई राखेपका सदस्य एकेन्द्र कुँवर, नेपाल तेक्वान्दोका संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुभाष श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, परिवारजन, खेलाडीलगायतले स्वागत गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # एसियाली युथ पारा टोली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology