Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रियल मड्रिडले इन्टर मिलानलाई हरायो

रियल मड्रिडले इन्टर मिलानलाई हरायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १०:५७:०० बजे
  • 1.0K
    SHARES
  • रियल मड्रिडले इन्टर मिलानलाई हरायो

    रियल मड्रिड समूह विजेता र इन्टर मिलान उपविजेता बन्दै युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् ।

    images

    समूह ‘डी’ को खेलमा १० खेलाडीमा सीमित इटालियन क्लब इन्टर मिलानलाई २–० ले पराजित गर्दै स्पेनिस क्लब रियल शीर्ष स्थानमा रहेर प्रिक्वाटर फाइनलमा प्रवेश गरेको हो ।

    घरेलु मैदानमा रियललाई जित दिलाउँन टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे । खेलको ६४औँ मिनेटमा निकोलो बरेलाले रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समेटिएको थियो ।

    यसै समूहको अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

    जितसँगै रियलले ६ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनायो । ७ अंक बनाएको सेरिफ र २ अंक बनाएको साख्तर डोनेस्क दुबै समूह चरणबाटै बाहिरिए ।

  • सम्बन्धित विषय:

  • # रियल मड्रिड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology