Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अस्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

अस्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १३:५६:३३ बजे
  • 1.2K
    SHARES
  • अस्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

    अस्ट्रेलियाले पनि सन् २०२२ मा हुने बेइजिङ ओलम्पिक्सलाई कूटनीतिक रुपमा बहिस्कार गर्ने भएको छ ।

    images

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार सो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले खेलाडी सहभागी भए पनि प्रतिनिधिमन्डल भने स्वदेशमै रहने बताए ।

    राजधानी सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले भने, ‘मानवअधिकार उल्लंघन र सिन्जियाङका मुसलमानहरुमाथिको दुर्व्यवहारलाई लिएर अस्ट्रेलियाले कूटनीतिक रुपमा बेइजिङ ओलम्पिक बहिस्कार गर्छ ।’ मानवअधिकार र दुर्व्यवहारमा परेका मुसलमानबारे चीन सरकारसँग वारम्वार वार्ता गर्न चाहे पनि सरकारले बेवास्ता गरेको मोरिसनले बताए ।

    चीनले तिब्बतलाई हेर्ने दृष्टिकोण, त्यहाँ भइरहेका मानवअधिकार दुर्व्यवहारका घटनालाई लिएर अधिकारवादीहरुले महिनौंदेखि बेइजिङ ओलम्पिक बहिस्कार गर्न विभिन्न देशमाथि दबाब दिँदै आएका छन् ।

    यसअघि अमेरिकाले पनि बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको थिये। चीनमा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको आरोप लगाउँदै चीनले हिउँदे ओलम्पिकलाई बहिस्कारको घोषणा गरेको थिये। तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने जनाइएको थियो ।

    चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ। हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ।

    एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology