Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्पेनिस् क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

स्पेनिस् क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • ०८:३२:३४ बजे
  • 913
    SHARES
  • स्पेनिस् क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

    एजेन्सी । स्पेनिस् क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना लिगबाट बाहिरिएको हो ।

    images

    बर्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको हो । यसअघि सन् २०००/०१ सिजनमा बार्सिलोना समूह चरणबाट नै बाहिरिएको थियो । बायर्नलाई सहज जित दिलाउनको लागि थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले समान एक-एक गोल गरे ।

    खेलको ३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोली बायर्नलाई अग्रता दिलाए । ४३औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६२औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई ३-० जित दिलाए ।

    प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

    उसले ६ खेलबाट १८ अंक जोड्यो । पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology