Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालको मुख्य प्रशिक्षकमा पुबुदुलाई नियुक्त गर्ने क्यानको तयारी

नेपालको मुख्य प्रशिक्षकमा पुबुदुलाई नियुक्त गर्ने क्यानको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • १२:४२:४९ बजे
  • 1.4K
    SHARES
  • नेपालको मुख्य प्रशिक्षकमा पुबुदुलाई नियुक्त गर्ने क्यानको तयारी

    नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गर्ने तयारी गरेको छ । सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षक रहेका पुबुदुलाई क्यानले फेरि नियुक्ति गर्न लागेको हो ।

    images

    ओमान भ्रमणका क्रममा डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भएको थियो । क्यानका एक शीर्ष अधिकारीका अनुसार पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी भएको छ ।

    नेपाली टोलीको प्रशिक्षकमा ६० जनाले आवेदन दिएका थिए । क्यानले ६० बाट पहिलो चरणमा १५ जनालाई छान्यो । छानिएका १५ मध्येबाट पाँच प्रशिक्षक छनोट गर्दै अन्तर्वार्ता लिइएको थियो ।

    उनी सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षक थिए । त्यसपछि उनले अमेरिकी क्रिकेट टिम सम्हाले ।

    पुबुदु प्रशिक्षक भएकै समयमा नेपालले सन् २०१४ मा आईसीसी ट्वान्टी-२० विश्वकप खेलेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology