Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आइपिएलको प्रायोजक बन्यो ड्रिम ११

आइपिएलको प्रायोजक बन्यो ड्रिम ११

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७७ मंगलवार • १६:०१:१५ बजे
  • 1.5K
    SHARES
  • आइपिएलको प्रायोजक बन्यो ड्रिम ११

    आगामी सेप्टेम्बर १९ देखि युएईमा हुने आइपिएल २०२० को प्रायोजक ड्रिम ११ बनेको छ । गत सिजनको प्रायोजक भिभो प्रायोजकबाट बाहिरिएपछि आइपिएलको नयाँ सिजनको प्रायोजकमा ड्रिम ११ आएको हो ।

    images
     

    ड्रिम ११ ले आइपिएल प्रायोजनका लागि २ सय २२ करोड भारतीय रुपैयाँ खर्च गर्ने भएको छ । प्रायोजनका लागि ड्रिम ११ संग २ सय २२ करोडको सम्झौता भएको आइपिएल आयोजक समितिका अध्यक्ष ब्रिजेश पटेलले जानकारी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    १३औ सिजनको आइपिएल प्रायोजनका लागि ड्रिम ११ सँगै अनएकेडेमी, टाटा समूह र बाइजु पनि दौडमा थिए । यसअघि भारत र चीनबीचको विवादका कारण आइपिएलबाट भिभो अलग भएको थियो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology