Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्टार खेलाडी म्याराडोनाको हराएको घडी भारतमा भेटियो

स्टार खेलाडी म्याराडोनाको हराएको घडी भारतमा भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • ०८:४३:४६ बजे
  • 871
    SHARES
  • स्टार खेलाडी म्याराडोनाको हराएको घडी भारतमा भेटियो

    एजेन्सी/ फुटबल बादशाह डियगो म्याराडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ ।

    images

    करिब १३ हजार २ सय डलर मूल्य बराबरको हुब्लो वाच दुबईबाट हराएको थियो । घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे । उनी हालसालै दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिएका छन् । ‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याराडोनाको घडी फेला परेको छ ।

    दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन् । आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गर्थे ।

    कम्पनीमा केही दिन काम गरेपछि बाबु बिरामी भएको भन्दै ती व्यक्ति अगस्टमा असाम फर्किएका थिए ।

    घडी हराएपछि दुबई प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो । त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए । उनी बसेको घरबाट घडी पनि भेटिएको थियो ।

  • सम्बन्धित विषय:

  • # घडी भारतमा भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology