तस्वीर : सामाजिक संजाल बाट साभार
देशद्रोही शीर्षकमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो ।
अपराध महाशाखाका एसएसपी दिपक थापाले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् ।