Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • ०८:२७:३७ बजे
  • 1.1K
    SHARES
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    images

    संकटा र पुलिसबीचको खेल आज दिउँसो १ बजे सुरु हुनेछ । संकटा आज दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । संकटा ३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    पुलिसलाई हराएर संकटा शीर्ष तीनमा उक्लन चाहन्छ । पुलिस पनि आज दोस्रो जितको खोजीमा रहेको छ । पुलिस ५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

    संकटालाई हराएर पुलिस शीर्ष तीनमा उक्लन चाहन्छ । त्यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।

    जावलाखेल र ब्रिगेडबीचको खेल आज अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । जावलाखेल आज पहिलो अंकको खोजीमा रहेको छ । जावलाखेलले अघिल्ला तीन खेलमा लगातार हार ब्यहोरेको छ । जावलाखेल अंक विहीन रहँदै पुछारमा रहेको छ ।

    ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । जावलाखेललाई हराएर ब्रिगेड अंक तालिका सुधार गर्न चाहन्छ ।

  • सम्बन्धित विषय:

  • # सहिद स्मारक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology