सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
सर्वोच्चमा गत शनिबार संकलन गरिएको स्वाबको मंगलबार रिपोर्ट आएको हो । संक्रमित व्यक्ति इजलासमा बस्ने कर्मचारी हुन् ।
योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि एक जना गाडीचालक र एक न्यायाधीशको सहयोगीमा कोरोना संक्रमण देखिएको छ ।