Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बराबरीमा रोकियो बार्सिलोना

बराबरीमा रोकियो बार्सिलोना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • ०८:३१:२९ बजे
  • 976
    SHARES
  • बराबरीमा रोकियो बार्सिलोना

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ ।

    images

    आइतबार राति सम्पन्न खेलमा बार्सिलोना अग्रता जोगाउन नसक्दा ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

    ओसासुनाको मैदानमाभउको खेलमा निको गोन्जालेजले १२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए।

    लगत्तै डाभिड गार्सियाले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

    खेलको ४९ औं मिनेटमा अब्डे इजालजुलीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। खेलको ८७ औं मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई बराबरीमा फर्काए ।

    बराबरीसँगै १६ खेलबाट २४ अंक जोडेको बार्सिलोना लिग तालिकाको आठौं स्थानमा रहेको छ भने ओसासुना २२ अंकका साथ दशौं स्थानमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology