Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मंगल ग्रहमा देखियो अनौठो जीव

मंगल ग्रहमा देखियो अनौठो जीव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १९:१०:५५ बजे
  • 1.3K
    SHARES
  • मंगल ग्रहमा देखियो अनौठो जीव

    अमेरिकी अन्तरीक्ष संस्था नासाका एकजना वैज्ञानिकले मंगल ग्रहमा किराको आकार भएको जीव देखिएको दाबी गरेका छन् ।

    images

    मंगल ग्रहमा जीवन रहेको सबुत फेला परेको उनको दाबीमा नासाका अन्य वैज्ञानिकहरू आश्वस्त हुन सकिरहेका छैनन् ।

    तथापि उनले अन्तिम समयसम्मै आफू आफ्नो दाबीमा अडिग रहने र आफूले मंगल ग्रहमा किरा आकारको प्राणी देखेको बताएका छन् ।

    नासाका ९७ वर्षीय वैज्ञानिक गिलबर्ट वी लेभिनका अनुसार उनी ४५ वर्षअघि नासाको भाइकिंग मंगल यान मिसनको सुपरभाइजर थिए जसको नाम लेबल्ड रिलिज एक्सपेरिमेन्ट थियो ।

    नासाको उक्त मिसनको माध्यमबाट मंगल ग्रहको माटोमा सुक्ष्म जीवहरूले छाड्ने ग्यासहरुको जाँच गरिएको थियो । लेभिनले त्यतिबेलै सन् १९७६ को जुलाई २० मा मंगल ग्रहको बल्ड रिलिज टेस्टका क्रममा मंगल ग्रहमा जीवनको सम्भावनाको सबुत फेला परेको बताएका थिए ।

    मंगल ग्रहका विभिन्न चार वटा स्थानमा उक्त प्रयोग गरिएको थियो र सबैको नतिजा एकैखालको थियो र पृथ्वीमा हुने परीक्षणसँग मिल्दोजुल्दो थियो । तर नासा उक्त परीक्षणबाट पूर्णरुपमा सन्तुष्ट हुन सकेन ।

    तथापि भाइकिंग मार्स प्रोबमा जडान गरिएको अर्को यन्त्र भाइकिंग मोलिक्यूलर एनालिसिस एक्सपेरिमेन्टले मंगल ग्रहमा कुनै पनि जीव पत्ता लगाउन सकेको थिएन ।

    त्यसपछि नासाले रिपोर्ट जारी गर्दै मंगल ग्रहमा वास्तवमा जीवन नरहेको बताएको थियो । मंगल ग्रहमा जीवनको अस्तित्व रहेको दाबी गर्ने गिलबर्टको त्यतिबेलै कडा आलोचना भएको थियो । 

    उनी आफ्नो दाबी सही भएको बताउँछन् । नासाले पछिल्लो पटक मंगल ग्रहमा पठाएको क्युरोसिटी रोबरले समेत मंगल ग्रहमा किराजस्तो आकारको जीवको तस्वीर खिचेको उनको दाबी छ । एजेन्सी

  • सम्बन्धित विषय:

  • # मंगल ग्रहमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology