Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यु-१९ महिला साफ : श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्षस्थानमा

यु-१९ महिला साफ : श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्षस्थानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • १८:४८:१० बजे
  • 1.7K
    SHARES
  • यु-१९ महिला साफ : श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्षस्थानमा

    श्रीलकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यु-१९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

    images

    बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६–० अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेको हो ।

    नेपालको पहिलो जितमा फरवार्ड रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सविता राना मगर, रजनी थोकर, मेनुका आले मगर र सलोनी राना मगरले एक एक गोल गरे ।

    खेलको पाँच मिनेटै रश्मीले नेपाललाई सुरूवाती अग्रता दिलाइन् । त्यसको एक मिनेट बित्न नपाउँदै सविता राना मगरले दोहोरो अग्रता बनाइन् ।

    मेनुका आले मगरले ४३ मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले ३–० को अग्रता बनायो । दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै फरवार्ड रजनी थोकरले नेपाललाई ४–० को स्थितिमा पुर्‍याइन् भने सलोनी राना मगरले ५३ औं मिनेटमा छैटौं गोल गरिन् ।

    खेलको ८५ मिनेटमा रश्मीले फ्रि किकमा गोल गर्दै नेपाललाई ६–० अन्तरको जित दिलाइन् । नेपालले सुरुवाती मिनेटबाटै श्रीलंकालाई दबाबमा राखेको थियो ।

    अधिकांश समय श्रीलंकाको बक्समा बल राखेको नेपालले केही राम्रो अवसरसमेत गुमाएको थियो । जितसँगै नेपालले आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ ।

    यसअघि नेपाल पहिलो खेलमा आयोजक बंगलोदशसँग गोलरहित बराबरीमा रोकिएको थियो । जितसँगै नेपाल दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ ।

    आयोजक बंगलादेश समान चार अंक भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । पराजित श्रीलंका भने एक खेलअघि नै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

    उसले तीन खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन र १६ गोल व्यहोरेको छ । यता, एक खेलबाट ३ अंक जोडेको भारत तेस्रो स्थानमा रहँदा खेलबाट तीन अंक बनाएको भुटान चौथो स्थानमा छ ।

    श्रीलंका भने पुछारमा छ । अब, नेपालले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # यु-१९ महिला साफ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology