Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दिप लामिछाने चयन

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दिप लामिछाने चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • २०:५३:३२ बजे
  • 1.4K
    SHARES
  • राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दिप लामिछाने चयन

    नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाउँदै नयाँ कप्तानमा सन्दिप लामिछानेलाई चयन गरेको छ ।

    images

    संघको बुधबार बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै मल्ललाई कारबाही गरेको हो ।

    त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पनि पद मुक्त गर्ने निर्णय गरेको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

    मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।

    संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले स्पष्ट पारेको छ ।

    खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा कप्तान मल्लले असन्तुष्टी पोख्दै आएका थिए ।

    33.png

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology