Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सहिद स्मारक ए डिभिजन लिग फुटबलः आज दुई खेल

सहिद स्मारक ए डिभिजन लिग फुटबलः आज दुई खेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • ०९:४६:१० बजे
  • 799
    SHARES
  • सहिद स्मारक ए डिभिजन लिग फुटबलः आज दुई खेल

    सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजबाट पाँचौ चरणका खेलहरु हुँदैछन् ।

    images

    दशरथ रंगशालामा हुने पहिलो दिनका दुई खेल आज १ बजे र पौने पाँच बजे सुरु हुनेछ ।

    पहिलो खेलमा नवप्रवेशी सातदोबाटोले साविक उपविजेता आर्मीलाई चुनौती दिँदैछ । जारी लिगमा सुरुआती ३ खेलमा सातदोबाटो निकै लयमा रह्यो । शीर्ष डिभिजन लिग पहिलो पटक खेलको उसले अन्तिम चौथो खेलमा मात्रै हार बेहोर्यो ।

    आर्मी भने अन्तिम २ खेलबाट मात्रै आफ्नो लय समात्ने प्रयासमा छ । पाँचौ चरणमा दुबै टोली तीन अंक जोड्ने दाउमा छन् । खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

    मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा छ । भरत खवासको कप्तानीमा रहेको अपराजित आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    आर्मी सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने दाउँमा छ । लिगको दोस्रो खेलमा साविक विजेता मछिन्द्रलाई संकटाले चुनौती दिनेछ ।

    रवि सिलवालको कप्तानीमा रहेको संकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ । मछिन्द्र ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ ।

    आज साँझ हुने खेलमा संकटा मछिन्द्रलाई हराएर अप्रत्यासित नतिजा दिने दाउँमा हुनेछ । युवा प्रशिक्षक बिष्णु गुरुङको साथ पाएको संकटाले युवा र अनुभवी खेलाडीको साथ मछिन्द्रलाई सहज जितबाट बञ्चित गराउने योजनामा छ ।

    यता, संकटालाई हराएर सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्र शीर्ष स्थान कायम राख्न चाहन्छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडीलाई समेटेको मछिन्द्र अपराजित यात्रा कायम राख्दै एएफसी कपमा छनोट हुने दाउँमा हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology