पहिलो पटक मोफसलमा सहिद स्मारक ए डिभिजन लिगको खेल आज शनिबार हुँदै छ ।
एन्फाले पहिलो पटक मोफसलमा प्रतियोगिता गर्दा भिड्नेछन् कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुने छ ।
पोखरामा एक खेल हुँदा आज काठमाडौँमा २ खेल हुने छ ।
दिनको १ बजे हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथबीच प्रतिस्पर्धा हुने छ ।
यस्तै, दोस्रो खेलमा साझ पौने ५ बजे थ्रीस्टार क्लब र न्युरोड टिम एनआरटी क्लब आमने सामने हुनेछन् ।