Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ

नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७७ बुधवार • १३:०६:०६ बजे
  • 1.3K
    SHARES
  • नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ

    नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ  पक्राउ पर्नेमा गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित लवाङ तामाङ, चलाखमान तामाङ, अनुज कुमार टिटुङ, हुत्तबहादुर तामाङ, कमल बहादुर तामाङसमेत रहेका छन् । समूहका ९ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी)ले जनाएको छ ।

    images

    देशद्रोही नामक उक्त भिडियो मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएलगत्तै जनस्तरबाट कारबाहीको माग आएपछि प्रहरीले हिजो अनुसन्धान सुरु गरेको थियो ।

    मुलुकी अपराध संहिता, २०७४ अनुसार जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पु¥याएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

    राष्ट्रिय गान, झन्‍डा वा निशान छापको अपमान वा क्षति गरेमा वा नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झन्‍डा जलाउन, जानीजानी अपमान गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology