Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यू–१९ महिला फुटबल आज नेपाल र भारत खेल्दै

यू–१९ महिला फुटबल आज नेपाल र भारत खेल्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • ०८:४५:४० बजे
  • 844
    SHARES
  • यू–१९ महिला फुटबल आज नेपाल र भारत खेल्दै

    साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज भारतविरुद्ध खेल्दैछ ।

    images

    बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ ।

    खेल नेपाली समय अनुसार आज दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदानमा उत्रँदा नेपाल जितको खोजीमा हुनेछ ।

    नेपाल भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ । नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    भारत पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । राउण्ड रोबिनको आधारमा खेलाइने जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।

    नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

    भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल र भारत खेल्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology