Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालको कुल वस्तु निर्यात १०४ प्रतिशतले वृद्धि

नेपालको कुल वस्तु निर्यात १०४ प्रतिशतले वृद्धि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • १६:०६:२५ बजे
  • 739
    SHARES
  • नेपालको कुल वस्तु निर्यात १०४ प्रतिशतले वृद्धि

    आर्थिक वर्ष २०७८–०७९ को चार महिनामा नेपालको कुल वस्तु निर्यात १०४ प्रतिशतले वृद्धि भएको छ । कात्तिकसम्म नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । निर्यात वृद्धि भएको भन्दै अर्थमन्त्री जनादर्न शर्माले आफ्नो प्रगति विवरण सुनाए पनि मुख्य निर्यातित सामान भने अन्य देशकै उत्पादन हुन् ।

    images

    कच्चा पदार्थ आयात गरेर त्यसलाई प्रशोधन गरेर निर्यात हुँदै आएको छ । जसकारण नेपालको निर्यात वृद्धि भए पनि त्यसले देशको अर्थतन्त्रको स्थिति सुधारमा भने कुनै योगदान देखिँदैन ।

    यसलाई नेपाल आयात निर्यातको तथ्यांकले पुष्टि गर्छ । तथ्यांकअनुसार पछिल्लो समय नेपालबाट निर्यात हुने मुख्य सामानमा भटमास र पाम तेल छन् । तर, यी दुवै उत्पादनका लागि विदेशबाट निर्यात भएको मूल्य बराबरकै कच्चा पदार्थ आयात हुँदै आएको छ ।

    नेपालको आयात निर्यात व्यापारको तथ्यांक हेर्ने हो भने पेट्रोलियम पदार्थ र सवारीसाधनपछि उच्च आयातको सूचीमा भटमासको र पाम तेलका लागि आवश्यक कच्चा पदार्थ छन् ।

    कात्तिकसम्ममा नेपालले २६ अर्व ४० करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात गरेको छ । सोही अवधिमा भटमासको तेल उत्पादका लागि आवश्यक कच्चा पदार्थ २७ अर्व २३ करोडको आयात भएको छ । भटमासको तेलको कच्चा पदार्थ अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, पराग्वे र युक्रेनबाट नेपाल भित्रिएको छ ।

    यस्तै अवस्था छ पाम तेलको पनि । कात्तिकसम्ममा नेपालले १७ अर्व ६६ करोडको कच्चा पदार्थ आयात गरेर १९ अर्व २३ करोडको पाम तेल निर्यात गरेको छ । व्यवसायीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डलगायतका देशबाट ल्याएर भारतमा पाम तेल निर्यात गर्दै आएका छन् ।

    भटमान र पाम तेलबाहेक नेपालबाट निर्यातको मुख्य सूचीमा रहेका अन्य वस्तुहरूको अवस्था पनि उस्तै उस्तै छ । गार्मेन्ट, पस्मिना, ऊनी कपडा, कार्पेट, जुसलगायतका सामान उत्पादनका लागि ठूलो मात्रामा कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था छ । नेपालको आफ्नै सामानको निर्यात भने कमजोर बन्दै गएको छ ।

    कुनै समय नेपालबाट निर्यात हुने सामानको सूचीको एक नम्बरमा रहेको अलैचीको निर्यात घट्दै गएको छ । यसैगरी कृषिजन्य उत्पादन, आयुर्वेदिक जडिबुटी तथा औषधिलगायतका तुलनात्मक लाभका सामानको निर्यात भने कमजोर बन्दै गएको छ ।

    सरकारी अधिकारीहरूले निर्यात बढेको भन्दै प्रगति देखाइरहँदा विज्ञहरूले पनि निर्यातले व्यापार घाटा बढाएको बताएका छन् । ‘मुख्य निर्यात गर्ने सामानहरू नै अन्य देशबाट कच्चा पदार्थ ल्याएर उत्पान भइरहेको छ’ अर्थशास्त्री पोषराज पाण्डेले भने, ‘यसले सीमित व्यापारीलाई लाभ पुगेको होला, देशको अर्थतन्त्र विकासमा योगदान पुर्‍याउन सकेको छैन ।’

    देशको व्यापारघाटा कम गर्न आयातित कच्चा पदार्थमा आधारित उद्योगभन्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology