सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।
लिगको पाँचौं चरणको अन्तिम खेल अन्तर्गत आज एक खेल हुन लागेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रेन्ड्स र एपीएफबीचको खेल आज दिउँसो १ः०० बजे सुरु हुनेछ ।
फ्रेन्ड्स र एपीएफ रेलिगेसन क्षेत्रमा रहेका छन् । दुबै टिम जित विहीन रहेका छन् ।
फ्रेन्ड्स ४ खेलमा २ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
आज एपीएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
यता, एपीएफ ४ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ । एपीएफ फ्रेन्ड्सलाई हराएर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।