Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

नेपालमा कोरोना संक्रमणबाट मृतकको संख्या १२० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृतकको संख्या १२० पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७७ बुधवार • १५:५९:०५ बजे
  • 1.1K
    SHARES
  • नेपालमा कोरोना संक्रमणबाट मृतकको संख्या १२० पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । गएराति र आज थप ६ जनाको कोरोनाबाट मृत्यु भएको हो । ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको छ ।

    images
     

    कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप दुईजनाको मृत्यु भएको छ । ५७ वर्षीय र ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमामात्रै ३० जनाको ज्यान गइसकेको छ ।

    त्यस्तै सुनसरीमा पनि एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । ७१ वर्षीया महिलाको मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ । ती महिला २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् ।

     

    मकवानपुरमा पनि कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १ चौकी टोलका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

    त्यस्तै भक्तपुरकी एक महिलाको पनि मृत्यु भएको छ । कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचाररत भक्तपुर सूर्यविानायककी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । उनी क्यान्सरबाटसमेत पीडित थिइन् ।

    त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मोरङको बुढीगंगा २ की ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

    नेपालमा योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology