Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

एनआरएनए कुवेतद्वारा आयोजना हुने भलिबल प्रतियोगिता ७ जनवरीमा सर्‍यो

एनआरएनए कुवेतद्वारा आयोजना हुने भलिबल प्रतियोगिता ७ जनवरीमा सर्‍यो

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष ५, २०७८ सोमवार • २०:४२:५९ बजे
  • 982
    SHARES
  • एनआरएनए कुवेतद्वारा आयोजना हुने भलिबल प्रतियोगिता ७ जनवरीमा सर्‍यो

    गैरआवासीय नेपाली संघ एनआरएनए  कुवेतद्वारा २४ डिसेम्बरमा आयोजना गर्ने भनिएको एनआरएनए अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ । २४ डिसेम्बर आयोजना गर्नेभनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ।

    images

     

    गैरआवासीय नेपाली संघका युवा संयोजक नवराज पराजुलिले विविध प्राविधिक कारणले मिति परिवर्तन गरि ७ जनवरिका दिन गर्ने जानकारी दिएका हुन। उनले आजकै दिनबाट टिम दर्ता गर्न सकिनेर अन्तिम टिम दर्ता ३० तारिक विहिवार साँझ ५ बजे सम्म रहेको समेत जानकारी गराएका छन । उनले भने"३० तारिक साँझ ५ बजे सम्म टिम दर्ता गराएर सोही दिन साँझ ७ बजे टाइशिट सार्वजनिक गर्नेछौँ।" टिम दर्ताका लागि महासचिव दिलकुमार पाख्रीनलाइ 97557313 मा युवा संयोजक नबराज पराजुलिलाइ 50616895 मा र साँस्कृतिक विभाग प्रमुख मोहन राई लाई 66223024 सम्पर्क गर्नसकिनेछ। टाइशीटको लागि ३० तारिक माबुल्लाको नमस्ते नेपाली रेस्टुरेन्टमा टिम म्यानेजर वा टिमको प्रतिनिधि उपस्थित हुनुपर्ने छ।

     

    प्रतियोगिता स्तरिय ढङ्गबाट कुवेत सरकार कै भलिबल कोर्टमा हुने हुँदा चौतर्फी सिसि क्यामेरा जडान गरिएको जानकारी गराउँदै खेल हेर्न आउनु हुने दाजुभाइ दिदिबहिनिहरुले कुनै पनि किसिमको मदिरापान नगरी आउनुहुन अनुरोध गरिएको छ।

     

    प्रतियोगिताको पुरस्कारमा भने परिवर्तन भएको छैन। प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी, प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाइ नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र सर्बोत्कृष्ट स्पाइकरलाइ नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

     

    प्रतियोगिता हुने

    मिति: ०७ जनवरी २०२२

    समय: बिहान ठिक ८ बजे

    स्थान: फाहाहिल क्लब फहाहिल अक्सिजन जिमको पछाडी

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology