Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३ जनाको मृत्‍यु, २९० जनामा कोरोना संक्रमण

थप ३ जनाको मृत्‍यु, २९० जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • १७:०२:४७ बजे
  • 739
    SHARES
  • थप ३ जनाको मृत्‍यु, २९० जनामा कोरोना संक्रमण

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा २३२ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ ।

    योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ भने ८ लाख ९ जहार ३८७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ जना रहेका छन् ।

    जसमध्ये ४ हजार ९९३ जना होम आइसोलेसनमा रहेका छन् भने २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९५ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology