Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एपेनिस् ला लागिमा बार्सिलोना र सेभिल्ला बराबरी खेले

एपेनिस् ला लागिमा बार्सिलोना र सेभिल्ला बराबरी खेले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • ०८:४१:०१ बजे
  • 961
    SHARES
  • एपेनिस् ला लागिमा बार्सिलोना र सेभिल्ला बराबरी खेले

    एजेन्सी । एपेनिस् ला लागिमा बार्सिलोना र सेभिल्ला बराबरी खेलेका छन् ।

    images

    गएराति भएको खेलमा बार्सिलोना र सेभिल्ला १-१ को बराबरी खोल्दै अंक बाडेको हो । सेभिल्लाको लागि पपु गोमेजले गोल गरे भने बर्सिलोनाको रोनाल्ड अरुउजोले गोल फर्काए ।

    दुवै गोल पहिलो हापमा सम्भव भएको थियो । खेलको ३२औं मिनेटमा गोलेजले गोल गर्दै सेभिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफकाे अन्तिम समयमा रोनाल्डेले गोल गर्दै खोल १-१ को बराबरीमा ल्याए ।

    दोस्रो हाफमा १० खेलाडीमा समेटिएको सेभिल्लालाई बार्सिलोनाले दबाबमा राखेपनि गोल भने गर्न सकेन ।

    खेलअवधिभर बार्सिलोनाले २३ प्रहार गर्दा ७ प्रहार टार्गेटमा हानेको थियो ।

    सोभिल्लाले भने ५ प्रहार मात्रै गरेको थियो । यो बराबरीसँगै दुवै टोली यथास्थान रहेका छन् ।

    १८ खेलबाट ३८ अंक जोड्दै सेभिल्ला अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने सातौंं स्थानमा रहेको बार्सिलोनाको २८ अंक छ ।

  • सम्बन्धित विषय:

  • # बार्सिलोना र सेभिल्ला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology