Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुस्कान खातुनको बायोपिक बन्ने

मुस्कान खातुनको बायोपिक बन्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • ०८:४५:१९ बजे
  • 1.1K
    SHARES
  • मुस्कान खातुनको बायोपिक बन्ने

    तेजाब आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् ।

    images

    सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरले प्रेम प्रस्ताव गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् ।

    फिल्म ‘बुद्ध बर्न इन नेपाल’का निर्माता तथा अभिनेतासमेत रहेका रमितले आफूले सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारी गरिरहेकाले त्यसको पहिलो सिर्जना मुस्कानको बायोपिक हुने बताए ।

    चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अहिले प्रि–प्रोडक्सनमा रहेको फिल्म यही पौष महिनाको अन्तिम साताबाट फ्लोरमा जाने जानकारी दिए ।

    अभिनेता रमितले ‘बुद्ध बर्न इन नेपाल’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै मुस्कानको बायोपिकको नाम केही दिनमा सार्वजनिक गर्ने खुलाए ।

    उनले ‘बुद्ध बर्न इन नेपाल’लाई स्थानीय तहसँगको समन्वयमा प्रत्येक विद्यालयमा प्रदर्शन गर्न लागेको बताए । निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘बुद्ध बर्न इन नेपाल’मा रमितसँगै अशिष्मा नकर्मी, नीर शाहलगायतका कलाकारको अभिनय थियो ।

    फिल्मले विश्वमा बुद्धको जन्मस्थलका विषयमा विवाद भइरहँदा बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने देखाउन संघर्षरत एक युवकको कथालाई देखाएको थियो ।

  • सम्बन्धित विषय:

  • # मुस्कान खातुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology