Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा लागुऔषधसहित एक महिला र एक पुरुष पक्राउ

पोखरामा लागुऔषधसहित एक महिला र एक पुरुष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • ११:४५:३२ बजे
  • 1.1K
    SHARES
  • पोखरामा लागुऔषधसहित एक महिला र एक पुरुष पक्राउ

    पोखरामा लागुऔषधसहित २ जना पक्राउ परेका छन । पोखरा–११ फूलबारी र सिमपानीबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित एक महिला र एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

    उनका अनुसार तनहुँ शुक्लागण्डकी, खैरेनीटार घर भई पोखरा –११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी १८६ एम्पुल लागुऔषध सहित पक्राउ परेकी छन् ।

    ण्डारीको साथबाट डाइजापाम ६२, फेनेरागन ६२ र आइबुनर्फिन ६२ एम्पुल लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । त्यसैगरी पोखरा सिमपानी बस्ने ३७ वर्षीय बिर बहादुर तामाङको साथबाट डाईजापाम १७, फेनेरागन १७ र नुर्फिन १७ एम्पुल बरामद गरेको छ।

    पक्राउ परेका मध्ये श्रीमाया बिक भण्डारीलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

    त्यसैगरी बिर बहादुर तामाङलाई ७ दिनको म्याद थप थप गरी लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केसीले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology