Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्यानका ६ केन्द्रीय पदाधिकारीले भने,क्रिकेट खेलाडीमाथिको कारवाही नियोजित

क्यानका ६ केन्द्रीय पदाधिकारीले भने,क्रिकेट खेलाडीमाथिको कारवाही नियोजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • १८:५८:२४ बजे
  • 712
    SHARES
  • क्यानका ६ केन्द्रीय पदाधिकारीले भने,क्रिकेट खेलाडीमाथिको कारवाही नियोजित

    नेपाल क्रिकेट संघ (क्यान)का ६ जना केन्द्रीय पदाधिकारीहरुले क्यानले चार जना खेलाडीहरुमाथि गरेको कारबाही नियोजित भएको बताएका छन् ।

    images

    बुधबार (आज) पत्रकार सम्मेलन गरेर पदाधिकारीहरु छुम्बी लामा, सञ्जयराज सिंह, करन महतरा, मोहमद्द दवाडी, अमित वीर पाण्डे र ऋषिराम गौतमले क्यानले एकलौटी रुपमा खेलाडीमाथि कारवाही गरेको आरोप लगाएका हुन् ।

    उनीहरुले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने क्यानको निर्णय फिर्ता लिन माग पनि गरेका छन् ।

    त्यसोत, यसअघि पनि उनीहरुले खेलाडीलाई कारबाही गर्ने क्यानको निर्णयप्रति नोट अफ डिसेन्ट लेखेका थिए ।

    उनीहरुले जारी गरेका विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा सञ्चालन भएको ट्राइ–नेशन टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलँडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं ।’

    पत्रकार सम्मेलनमा बोल्दै छुम्बी लामाले भने ‘हामीले धेरै पटक असहमतिहरु जायर गर्यौँ । तर, क्रिकेट नेतृत्व स्वेच्छाचारी भएर हाम्रो कुराहरु सुनेन ।

    हामीले पटक पटक खेलाडीलाई कारवाही गर्नु राम्रो होइन भन्दा भन्दै उहाँहरुले सुन्नु भएन । त्यसैले यो कारवाही योजना अनुसार नियोजित रुपमा नै गरिएको हो ।’ त्यस्तै उनीहरुले जारी गरेका विज्ञप्तीमा आईसीसीबाट पूर्ण रुपमा प्रतिबन्ध फुकुवा नहुँदै क्यानले अर्को विवादमा फस्न लागेको उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट खेलाडी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology