Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तपाईंको राशिफल

तपाईंको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • ०८:३०:०४ बजे
  • 1.6K
    SHARES
  • तपाईंको राशिफल

    आजको राशिफल

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    सामाजिक र धार्मिक कार्यमा लाग्नु भएका व्यक्तिलाई मानसम्मान मिल्नेछ । आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । आजको दिन रचनात्मक कामको शुरुवात गर्न पनि सक्नुहुनेछ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    व्यापारबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै अध्यात्मयात्राबाट फाइदा हुनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा शुभ हुनेछ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नु पर्नेछ । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ । चन्द्रमाको साथ रहेको हुनाले अध्ययन अध्यापनमा नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ । आजको दिन कुनै नयाँ पुस्तकको अध्ययन गर्दा रचनात्मक सोच बढ्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    हरेक बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन । यात्राको लागि शुभ हुनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
    आजको दिन यात्राको लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    आजको दिन सोचअनुसार काम हुनेछ । व्यापारमा हुनुहुन्छ भने फाइदा हुनेछ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । बृद्ध र बालकलाई केही खानेकुरा दिनु उत्तम हुनेछ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
    सूर्योदयको दर्शन गरेर दिनको कार्य शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नै बेस हुनेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    परिवार तथा आफन्तजनको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । नियमित काममा ध्यान दिनुहोला । साथ सहयोग कसैको नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र तपाईले गरेको कामबाट खुसीयाली छाउने छ । आजको दिन कुनै आश्रयस्थलमा पुगेर बृद्धहरुलाई खानेकुरा दिनुभयो भने तपाईको लागि निकै फाइदा हुनेछ । सत्कार्यले मन र वचन पवित्र हुनेछ ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    बिहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । सकारात्मक सोच, आफनो नियमित काम र अध्ययन अनुसन्धानको कामको शुरुवातको लागि बिहीबार विशेष दिन हो । आजको दिन शिवालयको दर्शनमात्रले मनमा हर्ष छाउनेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology