Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुध्रिएन प्रहरीको बोली, सधैं रुखो र अभद्र व्यवहार

सुध्रिएन प्रहरीको बोली, सधैं रुखो र अभद्र व्यवहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • ०८:३३:५२ बजे
  • 856
    SHARES
  • सुध्रिएन प्रहरीको बोली, सधैं रुखो र अभद्र व्यवहार

    नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ ।

    images

    त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ ।

    प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ) मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् ।

    उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ ।

    त्यस्ता उजुरीको निरीक्षणालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीको नेतृत्वमा रहेको टोलीले स्थलगत छानबिन तथा अनुसन्धान गरी सख्त चेतावनीदेखि निलम्बनसमेत गर्ने गरेको बताइएको छ तर पनि समस्या ज्यूँका त्यूँ छ ।

    प्रहरी सङ्गठनभित्र माथिल्लो तहका अधिकृत कर्मचारीले तल्लो तहका कर्मचारीलाई गर्ने बोली व्यवहार परिवर्तन गरी ‘तँ’ र ‘तिमी’ जस्ता शब्द प्रयोग नगर्न नगराउन गृह मन्त्रालयले पनि निर्देशन दिएको छ तर त्यसको जानकारी नै तल्लो तहमा पुग्दैन ।

    आधारभूत प्रशिक्षणका क्रममा तालिम केन्द्रहरूमा गुरुबा (प्रशिक्षक) ले सिकाएको रुखो र तुच्छ भाषा तथा वरिष्ठ हाकिमले कनिष्ठ कर्मचारीलाई नियमित काम कारबाहीमा प्रयोग गर्ने बोली व्यवहार आफैँमा त्रुटिपूर्ण देखिएको छ ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # अभद्र व्यवहार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology