Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुसको अन्तिमदेखि बुस्टर डोज लगाउने तयारी

पुसको अन्तिमदेखि बुस्टर डोज लगाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • ०८:४६:३३ बजे
  • 691
    SHARES
  • पुसको अन्तिमदेखि बुस्टर डोज लगाउने तयारी

    नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ ।

    images

    उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

    बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने उनले जानकारी दिए ।

    सरकारले खोप लगाएदेखि अहिलेसम्म दुई करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले लक्षित समूहका ५० प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology