Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सँगै सुतेका तीन जना साथीमाथि रड प्रहार......

सँगै सुतेका तीन जना साथीमाथि रड प्रहार......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • १०:५७:५८ बजे
  • 1.2K
    SHARES
  • सँगै सुतेका तीन जना साथीमाथि रड प्रहार......

    रोल्पामा सँगै सुतेका तीन जना साथीमाथि रड प्रहार भएको छ ।

    images

    रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरी बजारमा रहेको ‘होलेरी गेष्ट हाउसमा’ बास बसेको तीन जनामाथि राति निदाएको समयमा आफ्नै साथीले रड प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरी जनाएको छ ।

    रोल्पामा तास खेलेर सँगै सुतेका तीन साथीमाथि एक जनाले रड प्रहार गरेको प्रहरीले जनाएको छ । रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ का ४६ वर्षीय टेकबहादुर वलीले तास खेलेर एउटै कोठामा सुतेका तीन साथीमाथि रड प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा सँगै सुतेका साथीमाथि टेकबहादुरले रड प्रहार गरेको खुलेको छ।

    रड प्रहारबाट रुन्टीगढी ७ का ३९ वर्षीय सरोज पुन, ४२ वर्षीय भीमबहादुर थापा र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ४ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय मैतबहादुर बिक घाइते छन्।

    उनीहरु दुई–तीन दिनदेखि जंगलमा बसरे तास खेलेका प्रहरीले जनाएको छ । उनीहरु दिउँसो जंगलमा बसरे तास खेल्ने र राति भएपछि गेष्ट हाउसमा गएर सुत्ने गरेका थिए । तर, घटना किन भयो भन्ने विषयमा अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये थापा र विकको कोहलपुरमा र पुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। तीनै जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको अनुहार र टाउकोमा चोट छ।

    घटनास्थलबाट रडसमेत बरामद गरिएको छ। रड प्रहार गरेकोबारे सुरूमा अस्वीकार गरे पनि पछि वलीले घटना घटाएको स्वीकार गरेको प्रहरीको दाबी छ।

    उनले आफूसँग १६–१७ हजार मात्रै पैसा भएकोले कम दाउ हानेकोसमेत बयान वलीले दिएका छन्। घटनापछि फरार रहेका वलीलाई प्रहरीले बुधबार हातखोला भन्ने ठाउँबाट पक्राउ गरेको थियो।

    ओलीले घाइतेमध्ये थापाको रा ४ प २५०० नम्बरको मोटरसाइकल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ स्थित हापुर खोलामा छाडेर भागेका थिए।

    मोटरसाइकल खोलामा छोडेर उनी टिपर चढेर रोल्पा फर्कदै गर्दा पक्राउ परेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # साथीमाथि रड प्रहार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology