Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिट्ठाको प्रलोभनमा पर्दा.............

चिट्ठाको प्रलोभनमा पर्दा.............

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • ०९:१२:४७ बजे
  • 946
    SHARES
  • चिट्ठाको प्रलोभनमा पर्दा.............

    काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् ।

    images

    उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति कल्पनासँग सम्पर्कविहीन बने ।

    चिट्ठाको प्रलोभनमा अपरिचितबाट ठगिएको भन्दै कल्पनाले प्रहरीलाई गुहारिन् र प्रहरीको सक्रियताले उनको बैङ्क खातामा रहेको नौ लाख भने ठगिन पाएन ।

    विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित)समेत यसरी ठगिएका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक केदार (नाम परिवर्तन)ले पनि झुटो सन्देशकै भरमा नचिनेका व्यक्तिलाई बैङ्कबाट एक लाख रुपियाँ पठाए ।

    यी प्रतिनिधि घटनाका पीडित आफूले नभरेको च्टिठा पाउने प्रलोभनमा ठगिएका हुन् । प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले उनीहरूको उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ ।

    फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको दुरुपयोगबाट गत वर्ष तीन हजार नौ सयभन्दा बढी पीडित भएका छन् ।

    साइबर ब्युरोका प्रमुख ९प्रहरी नायब महानिरीक्षक० रामकृपाल साहले ठगिनेमा सामान्य व्यक्तिका साथै शिक्षितसमेत रहेको भन्दै यो क्रम बढेको जानकारी दिनुभयो । साइबर अपराधका घटना पछिल्लो समय एकदमै बढेको तथ्याङ्कले देखाएको छ ।

    ब्युरोका अनुसार आर्थिक वर्ष २०७५र७६ मा ३५७ जना पीडित, आव ०७६र७७ मा दुई हजार ३०१ र ०७७र७८ मा तीन हजार ९०६ पीडितले उजुरी गरेका थिए ।

    ब्युरोका उपनिर्देशक वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले अपरिचित व्यक्तिको प्रभाव र प्रलोभनका कारण साइबर अपराधका घटना दैनिक बढेको बताउनुभयो ।

    ब्युरोले सातै प्रदेशअन्तर्गतका प्रहरी कार्यालयबाट अपराध न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको हेलचेक्र्याइँ र प्रलोभनका कारण अपराधका घटना दैनिक बढ्दै गएका छन् ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # चिट्ठाको प्रलोभन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology