Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त

थप २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १५:५७:२३ बजे
  • 853
    SHARES
  • थप २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने ३४९ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १६ पुगेको छ ।

    योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ भने ८ लाख १० हजार २७१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेका छन् ।

    जसमध्ये ४ हजार ८१७ जना होम आइसोलेसनमा रहेका छन् भने २३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २९ जना कोरोना संक्रमित थपिएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology