Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भव्यरुपमा क्रिसमस मनाउने ख्रिष्ट्रियन महासंघको तयारी

भव्यरुपमा क्रिसमस मनाउने ख्रिष्ट्रियन महासंघको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १७:०६:५६ बजे
  • 1.5K
    SHARES
  • भव्यरुपमा क्रिसमस मनाउने ख्रिष्ट्रियन महासंघको तयारी

    राष्ट्रिय ख्रिष्ट्रियन महासंघ नेपालले शनिबार भव्यरुपमा क्रिसमस मनाउने जनाएको छ ।

    images

    क्रिसमसको पूर्व सन्ध्यामा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बिशेष समारोहको आयोजना गर्दै क्रिसमस मनाउने जनाएको हो ।

    महासंघले शनिबार आयोजना गर्ने कार्यक्रम ‘येशु ख्रीष्टको शुभजन्मोत्सव ख्रीष्टमस २०७८ तथा नयाँ वर्ष २०२१ को शुभकामना आदानप्रदान’ नाम दिएको छ ।

    महासंघले डिसेम्बर २५ अर्थात् ‘क्रिसमस डे’ सारा मानव जातिका मुक्तिदाताको रुपमा तथा सबै मानवलाई परमेश्वर पितासँग मिलाप गराएका मुक्तिदाता, उद्धारकर्ता तथा शान्तिदाता प्रभु येशु ख्रीष्टको जन्मदिनको रुपमा मनाउँदै आईएको पनि जनाएको छ ।

    कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सि.बी.गहतराजले क्रिसमसको पुर्वसन्ध्यामा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न तहमा कार्यक्रमको आयोजना गरेर येशु ख्रीष्टको जन्मोत्सव मनाइरहेको जानकारी दिए ।

    गहतराजले २०६३ सालदेखि क्रिसमसको सार्वजनिक विदा पाइएपनि कहिले पाउने र कहिले नपाउने गर्दा अत्यन्तै दुःख लागेको बताए ।

    ख्रीष्टमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी तथा धेरै उच्च व्यक्तित्वहरुलाई अतिथिको रुपमा निमन्त्रणा दिएको उहाले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology