Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाण्डौं टिम च्याम्पियनको उपाधि टेलिकमलाई

काठमाण्डौं टिम च्याम्पियनको उपाधि टेलिकमलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • २०:०५:५६ बजे
  • 1.3K
    SHARES
  • काठमाण्डौं टिम च्याम्पियनको उपाधि टेलिकमलाई

    राजधानीमा जारी कुमारी बैंक काठमाण्डौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको उपाधि नेपाल टेलिकमले जितेको छ ।

    images

    काठमाण्डौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाइनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलिकमलाई १–० को अग्रता दिलाए ।

    दोस्रो खेलमा सिल्ककी अनुमाया राई टेलिकमकी सीमा राजवंशीमाथि हाबी भइन् । राईले सीमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याइन् ।

    तेस्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए ।

    चौथो महिला युगलको खेलमा टेलिकमकी सीमा राजवंशीको घुँडामा चोट बल्झे पछि रिटायर्ड हर्ट भई खेल छोडे पछि परिणाम २–२ को अवस्थामा पुग्यो । तर अन्तिम तथा निर्णायक खेल पुरुष युगलमा सिल्कका रमेश शेर्पा र विकास श्रेष्ठको जोडी तथा टेलिकमका हरिकृष्णन शर्मा र रत्नजित तामाङ्गबीच भएको खेलमा पहिलो गेम रत्न र हरिकृष्णनले २१–१७ ले जित्दै टिमलाई १–० को अग्रता दिलाए ।

    दोस्रो गेम पनि २२–२० ले जित्दै २–० का साथ उपाधिमाथि आधिपत्य जमाए । कुमारी बैंकको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका विजयी टिमले १५ केजीको ८ लाख बराबरको चाँदीको चार सटल रहेको रनिङ्ग ट्रफीका साथ मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

    नेपाल ब्याडमिन्टन संघ, काठमाण्डौं जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिमको विजयी टिम तथा खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामजी बहादुर श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाण पत्रका साथै गिफ्ट ह्याम्पर प्रदान गरे ।

    करिब ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीहरूले दर्ता हुने बित्तिकै २० हजार प्राप्त गरे भने प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरे ।

  • सम्बन्धित विषय:

  • # उपाधि टेलिकमलाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology