Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम वर्षासँगै हिमपातको सम्भावना

आजको मौसम वर्षासँगै हिमपातको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • ०९:०४:३४ बजे
  • 613
    SHARES
  • आजको मौसम वर्षासँगै हिमपातको सम्भावना

    आज देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भ-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।

    यस्तै आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । त्यस्तै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    यस्तै महाशाखाले तराईका भू-भागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology