Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किन रोजे एसएसएपी यादवले मृत्यु

किन रोजे एसएसएपी यादवले मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • ०९:११:१४ बजे
  • 1.7K
    SHARES
  • किन रोजे एसएसएपी यादवले मृत्यु

    नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए ।

    images

    संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए । उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए ।

    तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए । केही समयमै यो सूचना जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।

    भान्छेले देखेको दृश्य थियो एसएसपी यादव आफ्नै कोठामा झुन्डिरहेको अवस्था । यो घटनापछि के गर्ने ? भन्ने कुरामा प्रहरी पनि अलमलमा प¥यो ।

    त्यसपछि प्रहरी उनका पारिवारिक सदस्य नआउन्जेल ढोका नखोल्ने निष्कर्षमा पुग्यो । एसएसपी यादवका परिवार काठमाडौंमा बस्दै आएका थिए ।

    शुक्रबार साँझ मात्र उनका बुबा, भाइ र श्रीमती घटनास्थल पुगेपछि ढोका खोलिएको थियो । प्रहरीले फरेन्सिक जाँचका लागि विशेषज्ञ डाक्टरलाई पनि त्यहीँ बोलाएको थियो ।

    याे खबर राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # एसएसएपी यादवले मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology