Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निरन्तरको झरीपछि : बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित

निरन्तरको झरीपछि : बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०८३ सोमवार • ०४:५५:१७ बजे
  • 667
    SHARES
  • निरन्तरको झरीपछि :  बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित

     यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित भएका छन् ।

    images

    एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा ४५ घर पूर्ण, १२ घरमा आंशिक क्षति र १८३ घर जोखिममा परेका छन् ।

    बेनी नगरपालिकामा ३० घरमा पूर्ण, १४ मा आंशिक र ४५ घर जोखिममा परेका छन् । मङ्गला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ मा आंशिक क्षति र ३५ घर जोखिममा परेका सहायक प्रजिअ आचार्यले बताए ।

    यसैगरी, रघुगङ्गा गाउँपालिकामा छ घर पूर्ण, २७ आंशिक र ५३ घर जोखिममा परेका छन् । मालिका गाउँपालिकामा तीन घरमा पूर्ण, एकमा आंशिक क्षति र तीन घर जोखिममा परेका छन् । धवलागिरि गाउँपालिकामा चार घरमा पूर्ण, सातमा आंशिक क्षति र २३ घर जोखिममा परेका छन् । ५६ गोठ भत्किएर, पुरिएर क्षति पुग्दा २० पशुचौपाया मरेका छन् । अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु, घिरवाङका ११५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ । विस्थापितहरुलाई सडक यातायात अवरुद्ध भएकाले बेनीदेखि हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ ।

    अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई जनाको पहिरोमा परी मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक/एक जना बेपत्ता भएका छन् । पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि, पशुपक्षीलगायत क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको छ । पूर्ण विवरण सङ्कलन हुदाँसम्म क्षतिको सङ्ख्या बढ्ने प्रशासनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # ५५० घरपरिवार प्रभावित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology