Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एएफसी कप: मनाङ र मछिन्द्रको महाभिडन्त

एएफसी कप: मनाङ र मछिन्द्रको महाभिडन्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • ०९:५४:४५ बजे
  • 943
    SHARES
  • एएफसी कप: मनाङ र मछिन्द्रको महाभिडन्त

    अघिल्ला सिजनमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता टोली सीधै एएफसीको प्रतियोगितामा छनोट हुने परम्परा थियो । 

    images

    यस पटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौँ चरणमा शीर्ष स्थानमा रहँदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ ।

    हाल नेपालमा मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी लाइसेन्स रहेको छ ।

    विभागीय टोली आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन् । अब एएफसी कपमा छनोट हुन मछिन्द्र र मनाङबीच महाभिडन्त हुँदैछ ।

    अन्य १० टोली शीर्ष स्थानमा भए पनि लाइसेन्स नहुँदा लिग च्याम्पियन हैसियतमा एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउदैनन् । जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ ।

    तथ्यांक बताउँछ मनाङलाई शनिबार हुने खेलमा त्यति दबाब हुने छैन । दशरथ रंगशालामा दुई खेल हुनेछ । साँझ हुने पौने ५ बजेको दोस्रो खेलमा भिड्दैछन मनाङ र मछिन्द्र ।

    दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ । आजको जितले मनाङ शीर्षस्थानमा रहदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जिते सातौ चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ ।

    आज नै १ बजे हुने खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल ५ खेलमा ४ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # एएफसी कप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology