काठमाडौंको तार्केश्वर नगरपालिकामा मध्यराति ड्युटिमा खटिएका प्रहरीलाई धारिलो हतियार (खुकुरी) प्रहार भएको छ ।
शुक्रबार करिब १२: ४० बजे तार्केश्वर नगरपालिका-८ स्थित शेषमती लामबगरमा सामान्य बिषयमा विवाद हुदाँ दुई समूहबीच खुकुरी प्रहार भएको हो ।
उक्त विवादका लागि नियन्त्रण गर्न खोज्दा प्रहरी नायव निरीक्षक पदम अवस्थिलाई समेत धारिलो हतियारले प्रहार भएको हो । अवस्थित महानगरीय प्रहरी वृत्त बालाजु दरबन्दी भई हाल धर्मस्थली कार्यारत हुन् ।
उनलाई हतियार (खुकुरी) प्रहार हुँदा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनको बोल्न सक्ने अवस्था रहेको छ । हाल उपचारका लागि उनलाई नेपाल प्रहरी अस्पताल लगिएको छ ।
रामेछाप मन्थली लिखुँ गाउँपालिका घर भई हाल काठमाण्डौं तार्केश्वर नगरपालिका जरङ्खु बस्ने बर्ष २९ शनि तामाङ्गले दोलखा चरीकोट गाउँपालिका-१ घर भई हाल काठमाण्डौ तार्केश्वर नगरपालिका लामाबगर बस्ने बर्ष २८ को सुबाष तामाङ्गलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको टाउको र घाटीको पछाडिको भागमा चोट लागेको छ । उपचारको लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।
घाईते बनाई भाग्ने क्रममा लखेट्दै जादाँ प्रहरी नायव निरीक्षक अवस्थिलाई समेत धारिलो हतियार (खुकुरी) प्रहार भएको प्रहरीले जनाएको छ ।