Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिला भलिबल टोलीको लगातार तेस्रो जित

महिला भलिबल टोलीको लगातार तेस्रो जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • १२:३४:५१ बजे
  • 1.2K
    SHARES
  • महिला भलिबल टोलीको लगातार तेस्रो जित

    नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ ।

    images

    बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५-५, २५-१५ र २५-१७ को सोझो सेटमा पराजित गर्‍यो । नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो ।

    यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३-२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३-० को जित निकालेको थियो । जितसंगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

    महिला टोलीले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १:१५ मा हुनेछ ।

    शनिबार नै हुने पुरुषतर्फको खेलमा नेपाली पुरुष टोलीले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ः४५ मा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # लगातार तेस्रो जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology