Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

त्रिवि शिक्षण अस्पतालमा १३ डाक्टरसहित ७० जनामा कोरोना संक्रमण

त्रिवि शिक्षण अस्पतालमा १३ डाक्टरसहित ७० जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७७ बिहिवार • १२:२५:५६ बजे
  • 1.8K
    SHARES
  • त्रिवि शिक्षण अस्पतालमा १३ डाक्टरसहित ७० जनामा कोरोना संक्रमण

    काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । १३ जना चिकित्सकसहित ७० जनामा अहिलेसम्म कोरोना पुष्टि भएको हो ।

    images
    शिक्षण अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीगरी ७० जनामा कोरोना भाइरसको संक्रमण भएको अस्पतालका कोभिड इन्चार्ज डा. सन्तकुमार दासले जानकारी दिए ।

    दासका अनुसार हिजो बेलुकीमात्रै १७ जनामा कोरोना पुष्टि भएको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अहिले अस्पताल प्रशासन छलफलमा रहेको उनले जानकारी दिए ।

     अस्पतालले बन्द गरेको आकस्मिकलगायतका सेवा सुरु गरेको छ । चिकित्सक र स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर कोरोना परीक्षण गर्न आग्रह गरे पनि प्रशासनले चासो दिएको छैन ।

    आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि केहीदिन बन्द भएको आकस्मिक सेवा सुरु भइसकेको छ । अहिले पनि अस्पतालमा कार्यरत सबैजनाको स्वाब संकलनसमेत भएको छैन ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology