Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शितलहरमा दलित र विपन्न परिवारको विजोग सिरक र डसना किन्ने हैसियत छैन, परालको भर

शितलहरमा दलित र विपन्न परिवारको विजोग सिरक र डसना किन्ने हैसियत छैन, परालको भर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • १६:२३:४६ बजे
  • 1.4K
    SHARES
  • शितलहरमा दलित र विपन्न परिवारको विजोग सिरक र डसना किन्ने हैसियत छैन, परालको भर

    एक सातायता तराईमा बढेको शितलहरबाट जोगिन यहाँका दलित र विपन्न परिवार पुवार (परालको माथिल्लो भाग) को भर पर्दै आएका छन्। डस्ना र सिरक किन्ने हैसियत नभएका परिवार जाडो छल्न पुवारको ओछ्यान बनाएर सुत्दै आएका छन् ।

    images

    विष्णुर गाउँपालिका–६ की ६० वर्षीया किसनी देवी सदाका अनुसार सिंगो बस्ती नै जाडोबाट जोगिन यस्तै गरिरहेको छ । उनले भनिन्, ‘ओढ्ने जे जे ओढे पनि ओछ्यान भने पुवार नै प्रयोग भइरहेको छ ।’

    स्थानीय ५० वर्षीय कारो सदा पनि जाडो महिनाभर यसरी नै बित्ने गरेको बताउँछिन् ।

    ‘हामी जस्ता दलित विपन्नलाई जाडो छल्न कहिलेकाही संघसंस्थाहरूले ओढ्ने वितरण गरेर सहयोग गरे पनि ओछ्याउने कसैले दिदैनन् । केटाकेटीदेखि बुढाबुढी सबै यसरी नै सुत्छौं ।’

    बिहानदेखि बेलुकासम्म चिसो हावा चल्ने, मुटु काम्ने जाडोबाट जोगिन पुस्तौ पुस्तादेखि पुवार प्रयोग गर्दै आएको सोही वडाका वडा अध्यक्ष बहादुर सदाले बताए ।

  • सम्बन्धित विषय:

  • # परालको भर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology