Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १६७ जनामा कोरोना पुष्टि, २२६ द्वारा स्वास्थ्यलाभ

थप १६७ जनामा कोरोना पुष्टि, २२६ द्वारा स्वास्थ्यलाभ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • १६:४६:५८ बजे
  • 925
    SHARES
  • थप १६७ जनामा कोरोना पुष्टि, २२६ द्वारा स्वास्थ्यलाभ

    मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ४ हजार २८३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५७ जना र २ हजार १६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २३ हजार १८३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २२६ जना कोरोनामुक्त भए, १ को मृत्यु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय २६ जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १० हजार ४९७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४४७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख १४ हजार ६३५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology