Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘ए’ डिभिजन लिग फुटबलः हिमालयनको जित

‘ए’ डिभिजन लिग फुटबलः हिमालयनको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • १९:०६:१० बजे
  • 652
    SHARES
  • ‘ए’ डिभिजन लिग फुटबलः हिमालयनको जित

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सहज जित निकालेको छ ।

    images

    आज सम्पन्न खेलमा हिमालयनले च्यासल युथ क्लबलाई ३/१ गोल अन्तरले हराएको हो । हिमालयनको जितमा मुटम्बा पिस्टनले दुई गोल गरे । त्यस्तै सुरेश कुमालले एक गोल गरे ।

    च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको २५औं मिनेटमा मुटम्बाले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।

    कमल थापाको लामो पासमा च्यासलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले गोलमा परिणत गरे । त्यस्तै खेलको ५७औं मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई २ शुन्यको अग्रता दिलाए ।

    त्रिदेब गुरुङको कडा प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले आफ्नो कब्जामा लिन नसक्दा आएको रिबाउन्डमा मुटम्बाले पोस्टको जाली चुमाएका हुन् ।

    त्यसैगरी ७६औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई २/१ को स्थितिमा ल्याए ।

    पेनाल्टी एरियाभित्र राजिब लोप्चनले दिएको पासमा अनमार्क रहेका रुमेशले गोल गरेका हुन् । तर, खेलको ८०औं मिनेटमा सुरेशले गोल गर्दै हिमालयनलाई ३/१ को जित दिलाए ।

    उनले मनिष थापाको पासलाई सदुपयोग गरे ।

    यो जितसँगै हिमालयनले ६ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।

    च्यासलले ६ खेलमा ४ अंक जोडेर अंक तालिकाको १३औं स्थानमा रहेको छ ।

    खेलमा हिमालयनका मुटम्बा म्यान अफ दि म्याच चुनिए ।

    इमर्जिङ प्लेयरको अवार्ड च्यासलका राजिब लोप्चनले प्राप्त गरे ।

  • सम्बन्धित विषय:

  • # ‘ए’ डिभिजन लिग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology