पोखरा महानगरपालिकामा मंगलबार रातिदेखि लकडाउन भएको छ । यसअघि पोखरा महानगरले सोमबार रातिदेखि नै लकडाउनको घोषणा गरे पनि प्रदेश संकट व्यवस्थापन केन्द्रले भने त्यसलाई संशाेधन गर्दै मंगलबारदेखि गर्ने घोषणा गरेको हो । निषेधाज्ञा अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरू सबै पसल बन्द रहनेछन् । त्यसबाहेक घरबाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् । तस्विर शिव दाई